Saturday, 28 February 2015

Bidvertiser : ब्लग चलाउँदै डलर कमाउने सजिलो माध्यम

Posted By PaisaNepal.com on 07:48 No Comments
ब्लग एकप्रकारको अनलाईन डायरी हो जसमा आफुले जानेका, बुझेका वा भोगेका कुराहरु निर्धक्क राख्न सकिन्छ । यति मात्र नभएर अलि धेरै पाठक तान्न सकियो भने राम्रै आम्दानी पनि गर्न सकिन्छ ।
ईन्टरनेटमा त्यस्ता धेरै अनलाईन विज्ञापनदाता कम्पनिहरु छन जसले उनीहरुको विज्ञापन हाम्रो ब्लग/वेबसाईटमा राखिदिएवापत राम्रै मूल्य दिने गर्दछन् । Google Adsense, BuySellAds, Media.net, Infolinks, Bidvertiser, Chitika आदि राम्रो चलेका कम्पनिहरु हुन् । यिमध्ये यो पोस्टमा हामी Bidvertiser को बारेमा जानकारी प्रस्तुत गर्दैछौँ, जुन अरुभन्दा सजिलो छ र जुनसुकै भाषाका ब्लगहरुमा प्रयोग गर्न सकिन्छ ।
Bidvertiser

के हो Bidvertiser?

Bidvertiser एउटा ठूलो अनलाईन विज्ञापनदाता कम्पनि हो । यसका विज्ञापन तपाईले आफ्नो ब्लग/वेबसाईटमा राख्न सक्नुहुन्छ र उक्त विज्ञापनमा क्लिक भएअनुसार तपाईले डलर कमाउनुहुन्छ ।

किन प्रयोग गर्ने Bidvertiser?

तपाईको ब्लगमा अत्यन्तै थोरै Traffic छ (अर्थात पाठक/भिजिटरको सँख्या निकै कम छ) र अँग्रेजी बाहेक अरु भाषामा लेख्नुहुन्छ भने Adsense, BuySellAds, Media.net आदिबाट विज्ञापन पाउन लगभग असम्भव जस्तै हुन्छ । त्यसैले यिनीहरुको राम्रो विकल्पका रुपमा Bidvertiser लाई लिईन्छ । Approval का लागि कुनै समस्या नहुने र दिईएको विज्ञापनको कोड तत्कालै आफ्नो ब्लगमा राखेर आम्दानी गर्न सुरु गर्न सकिन्छ । विज्ञापनमा एकपटक क्लिक भएवापत $0.02 देखि $2 सम्म पाईने भएकोले पनि यसलाई राम्रो मानिन्छ ।

Sign Up Process

  1. यहाँ जानुहोस्PUBLISHER ACCOUNT का लागि Sign Up गर्नुहोस् ।
  2. आफ्नो सहि नाम, फोन नम्बर, ईमेल एड्रेस राखेर दिईएको फर्म भर्नुहोस् र चाहेको username र password राख्नुहोस् ।
  3. आफ्नो ईमेलमा आएको एक्टिभेसन कोड राखेर ईमेल भेरिफाई गर्नुहोस् । त्यसपछि त्यहाँ भनेअनुसार आफ्नो ब्लगको लिँक राखि Category छान्नुहोस् ।
  4. आफूले पैसा कुन माध्यमबाट लिने हो भनेर PAYMENT METHOD छान्नुहोस् । यदि नेपालमा हुनुहुन्छ भने Western Union छानेर आफ्नो सहि विवरण दिनुभयो भने सजिलो हुनेछ ।
यति गरिसकेपछि तपाईको Bidvertiser Account तयार भयो ।

विज्ञापन राख्ने तरिका :

  1. Bidvertiser मा Username र Password राखि Log In गर्नुहोस् ।
  2. पेजको अन्तिमतिर Bidvertiser Title, URL, Type, Click Points, Revenue आदि देख्नुहुनेछ । साथसाथै देखिने "GET AD CODE" बटममा क्लिक गर्नुहोस् ।
  3. अब त्यहाँ दिईएको Code लाई कपि गरि आफ्नो ब्लगको साईडबार (sidebar) वा पोस्टको बिचमा आफ्नो ईच्छाअनुसार राख्न सक्नुहुनेछ । जुन ठाउँमा कोड राख्यो, त्यहिँ विज्ञापन देखिनेछ ।
  4. विज्ञापनको Size मिलाउनलाई Choose Template अप्सन प्रयोग गर्नुहोला ।
  5. अर्को नयाँ ब्लगमा विज्ञापन राख्नलाई Add New Bidvertiser अप्सनको प्रयोग गर्नुहोला ।

थप जानकारी :

आफ्नो एकाउन्टमा जम्मा भएको डलर तपाईले न्यूनतम लिमिट पुगेको ३० दिनपछि (Net30) मात्र निकाल्न सक्नुहुन्छ । पेपाल (Paypal) बाट निकाल्नका लागि कम्तिमा १० डलर पुगेको हुनुपर्छ । त्यसैगरी Western Union का लागि कम्तिमा १०० डलर पुग्नुपर्ने हुन्छ ।
Continue Reading...

घरमै पाउनुहोस् अन्तराष्ट्रिय मास्टरकार्ड, त्यो पनि सित्तैमा

Posted By PaisaNepal.com on 07:48 No Comments
अन्तराष्ट्रिय स्तरमा ईन्टरनेटमा कारोबार गर्नका लागि नेपालमा भरपर्दो माध्यम अझै छैन । PayPal लाई नेपालमा अझै मान्यता दिईएको छैन । कुनै सफ्टवेयर किन्न होस् वा डोमेन/होस्टिङ , वा ईन्टरनेटमा काम गर्ने हरुले आफूले कमाएको डलर सिधै लिनका लागि होस् अझै समस्या भोगिरहनु परेको छ । अझ अत्यावश्यक अवस्थामा त चर्को शुल्क तिरेर अरु कसैबाट यो सेवा लिईरहनुपरेको पनि हुनसक्छ । यसको समाधानस्वरुप Payoneer Mastercard लाई तपाईले आफैँ प्रयोग गर्न सक्नुहुनेछ । पुरा जानकारी हेर्नुहोस् :

 के हो Payoneer Mastercard ?

अनलाईन कारोबारका लागि Payoneer २०० भन्दा धेरै देशमा प्रयोग गरिने माध्यम हो । विश्वव्यापी रुपमा यसले आफ्ना प्रयोगकर्ताहरुलाई नि:शुल्क मास्टरकार्ड उपलब्ध गराउँछ । यति मात्र नभएर तपाईलाई Bank Of America को एउटा खाता पनि उपलब्ध गराउँछ । नेपालमा यसको प्रयोग विशेषत: PayPal भेरिफाई गर्न र PayPal मा जम्मा भएको डलर नेपालकै ATM मेसिनबाट उतिनै खेर सजिलै निकाल्न सकिन्छ । सिधै कार्डबाट कारोबार गर्न पनि सकिन्छ ।

के के चाहिन्छ कार्ड पाउनका लागि ?

Payoneer Mastercard पाउनलाई गाह्रो छैन तर यसका लागि तपाईको सहि विवरण चाहिन्छ । यदि तपाईको नागरिकता अँग्रेजीमा पनि छ भने त्यसको दुवै पट्टिको स्क्यान गर्नुहोस् वा राम्रोसगँ बुझिने गरी फोटो खिच्दापनि हुन्छ । नागरिकता अंग्रेजीमा छैन भने लाईसेन्स वा पासपोर्ट प्रयोग गर्न सक्नुहुन्छ ।

मास्टरकार्डका लागि कसरी Apply गर्ने ?

1. सबैभन्दा पहिले यहाँ जानुहोस्
तपाईले यहाँबाट कार्ड अर्डर गर्नुभयो भने $२५ आफ्नो कार्डमा बोनस पाउनुहुनेछ । तर कम्तिमा $१०० को कारोवार गरेपछी ।
2. Sign Up मा क्लिक गर्नुहोस् ।
3. एउटा फर्म खुल्नेछ !
4.    Start Here  >   मा क्लिक गर्नुहोस्
  • आफ्नो सहि नाम र ईमेल आईडी लेख्नुहोस्
  • आफ्नो पुरा ठेगाना दिनुहोस् । Payoneer ले सोहि ठेगानामा तपाईलाई मास्टरकार्ड पठाउँछ । त्यसैले ठेगाना गलत हुदाँ कार्ड हातमा नपर्न सक्छ । (पहिलो बक्समा ठाउँ/टोल र वार्ड नं , दोस्रो बक्समा घर नं लेख्नुहोला)
  • आफ्नो सहरको नाम दिनुहोस् ।
  • Postal Code : आफ्नो नजिकको हुलाकको Postal Code राख्नुहोस् । यदि तपाईलाई थाहा छैन भने यहाँ हेर्नुहोस्
  • +977 सहित आफ्नो फोन नं दिनुहोस् । जस्तैः +97798460XXXXX
[Note: यदी तपाईं विदेश मा हुनुहुन्छ भने पनि तपाईंले मास्टरकार्ड आफुले चाहेको देश र ठेगानामा प्राप्त गर्न सक्नुहुन्छ । यसका लागी माथि भनेजसरि नाम ठेगाना भरिसकेपछि (Mobile Number भन्दा तल पट्टि) "Click here and fill in this section ONLY if your shipping address is different from above or you want your card shipped to a PO Box" भन्ने अप्सन देख्नुहुनेछ । त्यसमा Tick लगाउनुहोस् र त्यहाँ आफु हाल रहेको ठाउंको पुरा ठेगाना दिनुहोस् । अरु बाकीँ एउटै हो ]
    5.    Step II  >    मा क्लिक गर्नुहोस् ।
    आफ्नो पासवर्ड राख्नुहोस् र र सेक्युरिटि प्रश्न छान्नुहोस् । आफूले सम्झने उत्तर दिनुहोला ।
    6.    Step III  >     मा क्लिक गर्नुहोस् । Government Photo ID Type मा National ID, Citizenship वा Passport मध्ये कुनै एक छान्नुहोस् र त्यसको नं (जस्तै नागरिकता नं.) राख्नुहोस् । तर एउटा कुरा ध्यान राख्नुहोला, त्यहाँ "/" प्रयोग गर्न मिल्दैन, त्यसको सट्टा एउटा Space दिनुहोस् । जस्तै नागरिकता नं. 1234/567 छ भने 1234 567 लेख्नुहोस् । 7. सबै I AGREE बक्समा Tick लगाउनुहोस् । 8. FINISH बटनमा क्लिक गर्नुहोस् । केहिबेरपछि तपाईले आफ्नो एप्लिकेशन Verification का लागि पठाईएको जानकारी पाउनुहुनेछ ।

    Application Submit गरेपछि के गर्ने ?

    हरेक दिन आफ्नो ईमेल आईडि चेक गरिराख्नुस् । Payoneer ले तपाईको विवरण भेरिफाई गर्नेछ र तपाईलाई यति मिति सम्म कार्ड आईपुग्छ भनेर जानकारी गराउँछ । साथसाथै आफूले रोजेको नागरिकता (वा पासर्पोट वा लाईसेन्स) को स्क्यान कपि अपलोड गर्न लगाउँछ ।
    प्राय: तपाईले लगभग ३० देखि ४५ दिनभित्र आफूले दिएको ठेगानामा आफ्नो मास्टरकार्ड पाईसक्नुहुनेछ ।

    Mastercard कसरी Activate गर्ने ?

    • www.payoneer.com मा गएर आफ्नो ईमेल र पासवर्ड राखेर Log In गर्नुहोस् ।
    • "To view your status and activate your card - Click Here!" भन्ने अप्सन देख्नुहुनेछ । त्यसमा क्लिक गर्नुहोस् ।
    • "Card Activation" मा क्लिक गर्नुहोस् ।
    • अब आफ्नो कार्ड नम्बर र चार अंकको पिन न राखेर Ok गर्नुहोस् ।
    बधाई छ, तपाईको सम्पूर्ण काम पुरा भयो । अब तपाईले आफ्नो कार्डलाई प्रयोगमा ल्याउन सक्नुहुन्छ । यो कार्डको प्रयोग गरेर नेपालमा PayPal कसरी भेरिफाई गर्ने भन्ने बारेमा अर्को पोस्टमा लेख्नेछु, हेर्दै गर्नुहोला !
    Continue Reading...

    Find Us OIn Facebook

    Flicker Images

    New Design

    Game Reviews